छुट्टाछुट्टै ठाउँमा छ को शव फेला



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारा डेरा गरी बस्ने धादिङ सिद्धलेख गाउँपालिका–२ घर भएकी ३६ वर्षीया लक्ष्मी गुरुङ शनिबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका–४ बस्ने ८५ वर्षीय ईच्छा बहादुर राई सोही नगरपालिका–३ स्थित गिंदेरी खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका–३ रातापानीस्थित आफन्तहरूकोमा जान्छु भनि शुक्रबार हिंडेका उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा शनिबार उनको शव फेला परेको हो ।

त्यस्तै, रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ स्थित जंगलमा नेदरल्याण्डका नागरिक राहदानी नम्बर एनएनजेडएफ ३सि३ वाहक २७ वर्षीय CISUNG CHANG शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गत भदौ २७ गते रसुवा घुम्न गएको अवस्थामा हराएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । साथै उनीसँगै हराएका दक्षिण कोरियाका नागरिक राहदानी नम्बर एम ०८११८३६५ वाहक ४२ वर्षीय उनको खोजी भइरहेको छ ।

यसैगरी, झापाको बाह्रदर्शी गाउँपालिका–३ सम्झौता चोकस्थित नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

दाङको राजपुर गाउँपालिका–४ चफ्पा बस्ने ७० वर्षीय राम प्रसाद चौधरी उनकै घरबाट करिब १ किलोमिटर टाढा शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ र ४ को सिमानास्थित चुरे सामुदिक जंगलमा बुटवल उपमहानगरपालिका–३ बस्ने ६६ वर्षीया चितमाया गुरुङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्