तोकिएको दोब्बर भाडा लिने सवारी परे कारवाहीमा



न्युज अफ नेपाल, पाँचथर ।

यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुल्ने सवारी साधनलाई पाँचथरमा कार्वाही गरिएको छ । झापाको विर्तामोडदेखि फिदिमसम्म आएको एउटा जीपमा सवार चार यात्रुको भाडा दोब्बर लिएपछि फिर्ता गराउँदै प्रहरीले सवारी चालकलाई कार्वाही गरेको हो ।

प्रहरीले विर्तामोडदेखि फिदिम आएको मे१ज २२९६ नंको जीपमा सवार फिदिम–१ का निरज तामाङसहित चार जनालाई सवारी चालकबाट फिदिमस्थित पुरानो बसपार्कमा आइपुग्नासाथ रकम फिर्ता गराएको हो । सवारी जाँचका क्रममा प्रहरीसमक्ष यात्रुले आफूबाट दोब्बर भाडा लिएको गुनासो गरेका थिए ।

विर्तामोडदेखि फिदिमसम्मको भाडादर रु ५०० रहेकामा रु एक हजारका दरले असुलेको पाइएकाले प्रत्येक यात्रुको बढी रकम फिर्ता गरी सवारी चालकलाई पनि रु एक हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक तिम्सिनाले बताउनुभयो । आज बिहान ७ः०० बजे विर्तामोडस्थित काउन्टरमा आएका ती यात्रुलाई यातायात व्यवसायीले गाडीको अभाव देखाउँदै रु एक हजारका दरले भाडा तिर्ने भए मात्रै पठाउने भन्दै दोब्बर रकम असुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्