बस र ट्रक एक आपसमा ठोक्किदा १२ को मृत्यु   



मिसुमु । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १२ यात्रीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।

बिहीबार राति भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा राति करिब ११ बजे दुर्घतना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उहाँले बताउनुभयो ।

दुर्घटना हुँदा बसमा ५१ जना यात्रु रहेका थिए भने दुबै सवारीका चालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्