न्युक्लियर हतियार प्रयोग् नगरियोस भन्दै जापानमा विश्वशान्ति विश्वकल्याण ज्ञान महायज्ञ



राजबिन थापा ,जापान ।

जापानका धर्मगुरु मोञ्जु सत्यले जापानको पश्चिम भेगमा अवस्थित कोचि सिटिको वाकामाचुमा भन्ने स्थलमा मोञ्जु सत्य साई मन्दिर स्थापना गरेर हिन्दु सभ्यताको प्रचार गरिरहेका छन्।

मन्दिरमा राखिएको गणेश लक्ष्मी शिव लगायतका देवताका मूर्तिले मन्दिरलाई थप आकर्षित र सोभामय बनाईरहेका छन्।

४ अक्टोबर देखि १४ अक्टोबर सम्म विश्वशान्तिको कामना गर्दै सो मन्दिरमा महायज्ञ हुने जानकारी महायज्ञका व्यवस्थापक नवीन डङ्गोल ले बताए। कार्यक्रममा नेपालबाट ब्राह्मण बोलाएर वैदिक हिसाबले महायज्ञ लगाए पछि विश्वमा शान्ति हुने कुरामा आफू विश्वस्त रहेको कुरा धर्मगुरु मोञ्जु सत्यले बताए। सो कार्यक्रममा २० हजार भन्दा बढी जापानमा बस्ने हिन्दु बौद्ध धर्मावलम्बीहरु सहभागी हुने भएका छन् । उक्त कार्यक्रममा नेपाल बाट नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता चन्द्रकान्त पौडेल, धर्मबिद गोविन्द प्रसाद पौड्याल हरिकृष्ण प्याकुरेल, भीम उपाध्याय, रामेश्वर तिमल्सिना,शिव प्रसाद पोखरेल, हरिहर वाग्ले लगायतका गुरुहरुको उपस्थित रहेने कुरा संयोजक सुरज राउतले बताए।

यस्ता किसिमका कार्यक्रमले पूर्वीय दर्शन संस्कृति र संस्कृत शिक्षा साथै नेपालको पर्यटनको क्षेत्रमा पनि धेरै ब्यक्ति लाभान्वित हुने विश्वास लिइएको छ ।।

प्रतिक्रिया दिनुहोस्