कोका–कोलाले चाडपर्वलाई विशेष बनाउने आमासँग उत्सव मनाउँदै



काठमाडौं, नेस । 

‘शेयर अ कोक’को स्थानीयकृत रुप ‘मन खोलौं कोकसँग’को चौथो संस्करण जारी गर्दै यसपटक कोका–कोलाले उपभोक्तालाई दशैं तथा तिहार मनाउने एक नयाँ तथा तरिका ल्याएको छ।

यस वर्ष कोका–कोलाले माइ मम मेक्स् माइ दशैं स्पेशल भन्ने थिमसहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ। यस अभियानले आमाले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरू गर्दछन् भन्ने सन्देश दिएको छ। आमाको उपस्थिति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ । दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उहाँको माया हो।

आमाले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरूलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरूलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ। दशैं र तिहारमा आमाहरूले निर्वाह गर्ने महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै यी लेबल नियमित लेबलको ठाउँमा राखिएको छ। यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चंगा, दशैंको पिङ, सयपत्री फूल लगायत राखिएको छ।

यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सियलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ। उक्त कमर्सियलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरी आफ्नै संसारमा मस्त छन्। तर, कोकको सानो स्मरणका कारण बच्चाले दशैंको सम्पूर्ण काम आफंै गरेर आमालाई आश्चर्य बनाउँदै सुन्दर इशारा देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्