दशैंको नेप्सेमा सुधार



काठमाडौं, नेस । 

दशैं अघिको अन्तिम शेयर सुधार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब नौं अंकले वृद्धि भएपछि सधार भएको हो। बिहीबार नेप्से ८ दशमलव ६९ अंकले बढेर ११४९ दशमलव ४० बिन्दूमा पुगेको छ। अघिल्लो दिन केही घटेको नेप्से बिहीबार वृद्धि भएको हो।
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कुल १५३ वटा कम्पनीको ६ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर साढे १७ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

यस दिन कारोबारमा आएका समूहमा वित्त समूहबाहेक सबै समूहमा बढेको छ। यस दिन सोल्टी होटलको कारोबार उच्च भएको छ। यस कम्पनीको करिब सवा तीन करोडको कारोबार भएको छ। त्यस्तै बिहीबार युनिलिभर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै युनाइटेड फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्