भक्तले ल्याए आधा जीवन



पर्वत, (नेस)।

शारीरिकरूपमा उनी अशक्त छन्। अशक्त भएर के भो त उनको मीठो स्वरमा जादु नै छ। मीठो स्वरका धनी उनै भक्त विश्वासले आफ्नो पहिलो आधुनिक गीत आधा जीवन बजारमा ल्याएका छन्।

विभिन्न गजल साँझमा गाउँदै आएका झापाली गायक विश्वासको गीतको म्युजिक भिडियो स्वदेशमा केही गर्न खोजेको एउटा युवा अन्तिममा बिदेसिनुपरेको आम नेपाली युवाले गरेको संघर्षलाई देखाइएको छ।

गीतमा शब्द सिर्जना दिनेश खरेलको रहेको छ भने सञ्जय पाण्डेले संगीत भरेका छन्। म्युजिक भिडियोमा सञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी सिम्रन विष्ट र ईश्वर खड्काले अभिनय गरेका छन्। भिडियोको निर्देशन गायिका इन्दिरा भट्टराईले गरेकी छन् भने छायांकन आर्यन विमलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्