बोल्दैन फोटो



गायिका भावना आचार्यको बोल्दैन फोटो बोलको गीत सार्वजनिक भएको छ। गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन्।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमिकाको मनोभाव र प्रेमभाव बोल्छ। शिव विकले निर्देशन गरेको यसको म्युजिक भिडियोमा बिच्च बिच्चमा गायक तथा मोडल दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयंलाई फिचरिङ गरिएको छ।

नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्