कमेडीमा पोइ पर्यो काले



तिहारको अवसर पारेर आगामी कात्तिक ८ गते अल नेपाल रिलिज हुने फिल्म पोइ पर्यो कालेको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरमा कालो वर्णको केटा मन नपराउने एक युवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।

ट्रेलर कमेडी, सस्पेन्स र भावनाले भरिएको छ। निर्माता तथा अभिनेता शिशिर राणाको कथा तथा निर्देशनमा बनेको यो दोस्रा फिल्म हो। फिल्ममा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, शिशिर राणालगायतले अभिनय गरेका छन् भने फिल्म पूजा शर्मा र सौगात मल्लको वरिपरि घुमेको छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपालीद्वारा प्रस्तुत तथा दीपक मनाङे र सरोज नेपालीद्वारा निर्मित फिल्ममा अमलादेवी राई कार्यकारी निर्मात्री छिन्। फिल्ममा लालबहादुर क्षत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्