गुरु नानकको ५५० औं जन्मदिन पारेर १००, १००० र २५०० को सिक्का सार्वजनिक (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

गुरु नानकको ५५० औं जन्मदिनको शुभ अवसर पारेर नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेका छन् ।

सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा सोही दिन “सिख हेरिटेज अफ नेपाल” नामक पुस्तक पनि एलफ्ट काठमाडौं ठमेलको संकलन हलमा विमोचन गरिएको थियो ।

५०० वर्ष अगाडि गुरु नानकले काठमाडौंको बाहिरी इलाका बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ र यस कार्यक्रम मार्फत नेपालले सिखसँगको गहिरो सम्बन्धको सम्मान गर्दछ ।

तस्वीरः नितिन रेग्मी 

प्रतिक्रिया दिनुहोस्