केसीलाई यू–१९ टोलीको जिम्मा



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय फुटबल टोलीका पूर्वसहायक प्रशिक्षक मेघराज केसी य–१९ राष्ट्रिय टोलीका प्रशिक्षकमा नियुक्त भएका छन्।
एन्फाले केसीलाई बुधबार प्रशिक्षकमा नियुक्त गरेको हो।

उनी ए डिभिजन क्लब थ्रीस्टारका पनि प्रशिक्षक हुन्। हालै हल्चोकमा सम्पन्न यू–१८ साफ च्याम्पियनसिपमा नेपाल बाहिरिएपछि टोलीका प्रशिक्षक चैत्यनारायण श्रेष्ठले राजीनामा दिएका थिए। उनको स्थानमा केसीले टोली सम्हाल्ने भएका छन्। केसीले आगामी नोभेम्बर ६ बाट शुरू हुने यू–१९ छनोटका लागि टोलीलाई प्रशिक्षण दिनेछन्।

छनोटमा नेपाल समूह ‘डी’मा रहेको छ। सो टोलीमा नेपालसहित इरान, यूएई र किर्गिस्तान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्