माडुरोको आरोप



काराकास,(एजेन्सी)।भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले युरोपेली संघद्वारा लगाइएको प्रतिबन्धलाई लिएर अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको इशारामा चलेको आरोप लगाएका छन्। ईयूको प्रतिबन्धलाई आफूले वास्ता नगर्ने एक पत्रकार सम्मेलनमा माडुरोले बताए।

भेनेजुयला प्रतिबन्धका कारण गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। युरोपेली संघको प्रतिबन्ध हास्यास्पद भएको बताउँदै ईयू ट्रम्पको असफल भेनेजुयला नीतिको हिलोमा डुबिरहेको उनले बताए। युरोपेली संघले भेनेजुयलाका ७ गुप्तचर र सुरक्षा अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका थियो।

प्रतिक्रिया दिनुहोस्