जयशंकरको स्पष्टीकरण



वासिङ्टन, (एजेन्सी)।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गतहप्ता हाउडी मोदी कार्यक्रममा ‘यसपटकलाई, ट्रम्प सरकार’ को नारा दिएपछि शुरू भएको विवादलाई लिएर विदेशमन्त्री जयशंकरले स्पष्टीकरण दिइरहेका छन्।

उक्त नाराले मोदी ट्रम्पको पक्षमा चुनाव प्रचार गरिरहेका थिए। वासिङ्टनमा पत्रकारसँगको वार्ताका क्रममा जयशंकरले भने– ‘यो पटकलाई ट्रम्प सरकार बोलेर प्रधानमन्त्री मोदीले अमेरिकी चुनावका लागि कसैलाई समर्थन गरेका थिएनन्।’

उनले सन् २०१६ को ट्रम्पको राष्ट्रपति चुनाव अभियानको स्मरण गराएका उनले बताए। त्यति बेला अमेरिकामा भारतीय समुदायबीच उक्त नारा अत्यन्त लोकप्रिय बनेको थियो।

प्रतिक्रिया दिनुहोस्