विमान प्रदर्शन



सोल,(एजेन्सी)।दक्षिण कोरियाले मंगलबार सशस्त्र फौज दिवस कार्यक्रममा पहिलोपटक हालै मात्र खरिद गरिएको अमेरिकामा निर्मित एफ–३५ स्टिल्थ लडाकू जेट विमान सार्वजनिक गरेको छ। सोलको यस कदमका कारण उत्तर कोरियालाई आक्रोशित पार्ने अनुमान गरिएको छ।

अहिलेसम्मकै ठूलो परिमाणमा हातहतियार किन्ने कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले लकहिद मार्टिन कम्पनीबाट सन् २०२१ सम्ममा ४० वटा एफ–३५ लडाकू जेट विमान किन्ने भएको छ। त्यसै समझौताअनुसार केही विमान यसै वर्ष सोल आइपुगेको हो।

प्रतिक्रिया दिनुहोस्