पशुपक्षी दिवसमा अन्तक्र्रिया



काभ्रे, (नेस)।जिल्ला भेटेरनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र धुलिखेलले पशुपक्षी दिवसको अवसरमा ‘पशुपक्षी प्रतिको आत्मियता, आजको आवश्यकता’ भन्ने नाराका साथ प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गरेको छ।

सप्ताहव्यापी कार्यक्रमअन्र्तगत असोज ११, १२ र १३ गते प्रचार–प्रसार गरिएको थियो। असोज १४ र १५ गते कार्यालय परिसरमा सरसफाई आयोजना गरिएको छ। त्यस्तै असोज १५ गते बिहान प्रभातफेरी तथा पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ।

पशु कल्याणको बारेमा सञ्चार कर्मीसँग अन्र्तक्रिया आयोजना गरी पशुपक्षीको अधिकारका लागि आवश्यक ऐन, कानुन निर्माण तथा निर्माण भएका कानुनको व्यवहारिक प्रयोगका सन्र्दभमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्