घामड शेरेलाई साली मन पर्यो



हेमराज बिसीद्वारा निर्देशित फिल्म घामड शेरेको पहिलो गीत सार्वजनिक गरिएको छ। साली मन पर्यो बोलको यो रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ।

कालीप्रसाद बाँस्कोटाको शब्द र संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट) को कोरियोग्राफी छ। गीत–संगीतकार कालीप्रसाद र अस्मिता अधिकारीले गाएका छन्।

कमेडी ड्रामा जेनराको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला, बादल भट्ट, लोकेन्दै लेखक, रोयलगायतले अभिनय गरेका छन् भने गौरी मल्ल अतिथि भूमिकामा छिन्।

नरेन्द्रविक्रम बुढा क्षत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ। फिल्म तिहारको अवसर पारेर आगामी कात्तिक ८ गते अल नेपाल रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्