अष्ट्रेलिया जाने नेपाली टोलीको विदाई



नेपाल समाचारपत्र, काठमाडौं। फिफा विश्वकप २०२२ छनोट प्रतियोगिताको दोस्रो चरणअन्तर्गत अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीलाई मंगलबार विदाई गरिएको छ।
यही असोज २३ गते नेपालले अवे खेलमा अष्ट्रेलियासँग क्यानबेरामा खेल्ने कार्यक्रम रहेको छ। नेपालको यो छनोटमा तेस्रो खेल हो। यसअघि नेपालले कुवेतमा खेलेको अवे खेलमा ७–० को लज्जास्पद हार बेहोरेको थियो।

दोस्रो खेलमा भने नेपालले चिनियाँ ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको थियो। यो जितसँगै नेपालले दोस्रो चरणमा पहिलो पटक पुरै ३ अंक पनि बटुल्न पाएको छ।

समूह बी मा रहेको नेपाल आज अष्ट्रेलिया प्रस्थान गर्नेछ। नेपालले अष्ट्रेलियासँग खेल्न अगाडि सिड्नीमा केही खेल मैत्री पनि खेल्ने एन्फाले जनाएको छ।

अष्ट्रेलियासँग खेलेपछि असोज २८ गते जोर्डनविरुद्ध अवे खेल खेल्ने कार्यक्रम रहेको छ। समूहमा अस्टे«लिया, जोर्डन, कुवेत र नेपालको ३/३ अंक रहेको छ।

२७ सदस्यीय टोली
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ।
डिफेन्डरः सरोज दाहाल, अजीत भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, दिनेश राजवंशी र सुमन अर्याल।
मिडफिल्डः रोहित चन्द, रवि पासवान, अन्जन विष्ट, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, सुनील बल र सुजल श्रेष्ठ।
फरवार्डः विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ।

प्रतिक्रिया दिनुहोस्