छुटेकालाई भत्ता दिन अनुरोध



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनहरूलाई दिदै आएको मासिक भत्तामा केहि छुटेका ओलम्पियनहरूलाई पनि भत्ता उपलब्ध गराइ दिन अनुरोध गरेको छ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई छुटेकालाई भत्ता उपलब्ध गराइ दिन अनुरोध गरेको हो।
भत्ता पाउन छुटेका ओलम्पियनहरूमा एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोकी संगीना वैद्य, एथलेटिक्सका राजेन्द्र भण्डारी, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका कमलबहादुर भण्डारी र एथलेटिक्सका टीकाबहादुर बोगटी छन्। सदस्य–सचिव सिलवालले आफू यस विषयमा सकारात्मक रहेको बताउदै सो सम्बन्धमा के गर्न सकिन्छ त्यसमा छलफल गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्