रजनीलाई १ लाख ५० हजार दिइने



नेपाल समाचारपत्र, काठमाडौं।इन्डोनेसियामा भएको ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्समा रजत र कांस्य पदक जित्न सफल रजनी श्रेष्ठलाई पुरस्कार दिइने भएको छ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजनीलाई व्यक्तिगतरूपमा १ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका हुन्।

सोमबार रजनीले शारीरिक सुगठनको महिला ५५ केजीमा रजत तथा ३० वर्षमाथि उमेर समूहमा कांस्य जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्