क्यान पुनस्र्थापनाको सम्भावना



नेपाल समाचारपत्र, काठमाडौं।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का उपाध्यक्ष इमरान ख्वाजाले शनिबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को चुनावले क्यानको सदस्यता पुनस्र्थापना गर्न सर्त पूरा भएको बताएका छन्।

मंगलबार आइसीसीले जारी गरेको विज्ञप्तिमा ख्वाजाले यही अक्टोबरमा दुबईमा बस्ने आइसिसी बोर्ड बैठकले अर्को कदम चाल्ने बताएका छन्।
उनले विज्ञप्तिमा उल्लेख गरेका छन् –‘नयाँ निर्वाचित कार्यसमिति आएको छ। अब नेपाली क्रिकेटले मैदानमा जस्तै मैदानबाहिर पनि प्रगति गर्नेमा विश्वस्त छु।’

नेपालको आइसीसी सदस्यता पुनस्र्थापनाका लागि प्रमुख सर्त पूरा भएको छ र अर्को महिना दुबईमा बस्ने आइसिसी बोर्ड बैठकमा हामी थप छलफल गर्नेछौं।’

२०७३ वैशाखमा आइसीसीले सरकारी हस्तक्षेप र स्वच्छ र निष्पक्ष चुनाव नभएको भन्दै क्यानलाई निलम्बन गरेको थियो।

त्यसपछि गएको शनिबार सम्पन्न क्यानको विशेष साधारणसभाले चतुरबहादुर चन्दको प्यानललाई नै भारी मतले निर्वाचित गरेको थियो। ख्वाजाले चुनाव सफलताका साथ पूरा गरेकोमा बधाई पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्