दारुमै छ दम



भगवान् श्रीकृष्णका १६ हजार गर्लफ्रेन्ड थिए। जो सँग मन लाग्यो उनी उहीसँग डेटिङ जान्थे, मस्ती गर्थे भन्ने कुरा हिन्दू धर्मग्रन्थमा छेलोखेलो सुन्न पढ्न पाइन्छ।

श्रीकृष्ण भगवान् भएकाले उनले गर्या डेटिङ र गोपिनीसँग गर्या सेटिङ समाजले सहजै पचाएको छ। उनको रासलिलाबारेका कथा भजन र स्लोक कलियुगमा पनि हिट छन् तर कलियुगका कृष्णले १६ त के २/३ वटी मात्रै गर्लफ्रेन्ड बनाएको खबर फुत्कियो भने कुरो बर्बाद।

कलियुगका अनेक कृष्ण मध्येका एक कृष्णलाई अहिले त्यस्तै भाछ। संसदका अगुवासमेत रहेका कृष्णलाई फापेन गर्लफ्रेन्डसँगको हिमचिम। गलफ्रेन्डकै कारण उनी तिरिमिरी झ्याईं भाछन्। अगुवा पदबाट हट्न बाध्य भएसी मुटुमाथि ढुंगाराखी राजीनाम ठोक्या छन्।
सहमतिमै हुँदै आएको सम्बन्ध आइतबर साँझ भने महरालाई निद हराम गराउने गरिको भयो भन्ने बजार हल्ला खुब चल्या छ।

लामो समयको भद्र सहमति तोडिदाको परिणाम बलात्कारमा रुपमान्तरण भएको र यस्तो अवस्था सिर्जना गराउन दारुको राम्रै देन रहेको भन्नेहरू पनि धेरै छन्।

केही महिनाअघि संसदलाई सम्बोधन गर्दै नेकपाकै नेतासमेत रहेका गृहमन्त्री बादलले बलात्कारका घटना अन्त्य हुन नसक्ने दाबी गर्या थिए।
‘यस्ता घटना त हिजो पनि भाथ्यो, आज पनि भइराछ, भोलि पनि हुन्छ’ –उनको बोली हुबहु यस्तै थ्यो। बादल भन्या बादलै रैछन्, उनी गर्जिएसी घटना घटेरै छोड्यो।

प्रतिक्रिया दिनुहोस्