दशैं अवधिभर राष्ट्रिय वाणिज्य बैंकका २२ शाखा खुला रहने



नेपाल समाचारपत्र, काठमाडौं।नेपालीहरूको महान चाड वडा दशैंको अवसरमा बिदा हुने दिनहरूमा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुला रहने भएका छन्।

२०७६ आश्विन १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजे देखि १ बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ।

काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरू बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रि.अ.विमानस्थल खुल्ला रहने छन्।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरू विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहनेछन्।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने छन्। उक्त बिदाका दिन खुल्ला रहने शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्राहकहरूलाई सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ।

 

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय टोखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, टोेखा न.पा. वडा नम्बर ७ का अध्यक्ष नरोत्तम राना, वडा नम्बर ११ का अध्यक्ष उत्तम अधिकारी, हास्य कलालकार सन्तोष पन्त लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय टोखाका सहायक प्रबन्धक सुजाता थापाले गरेका थिए।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ। बेस रेट ६ दशमलव २३ प्रतिशत रहेको छ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्