सुनचाँदीको भाउ घट्दो



नेपाल समाचारपत्र, काठमाडौं।दशैं नजिकिएसँगै नेपाली बजारमा सुनको भाउ क्रमशः ओरालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ६९ हजार २ सय रुपियाँ प्रतितोलामा कारोबार भएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ ८ सय रुपियाँले घटेको हो। यस्तै मंगलबार तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपियाँमा कारोबार भएको छ। तीजको समयमा निरन्तर बढेको सुन दशैंको समयमा भने क्रमशः घट्दै गएका छन्।

गत साताको अन्तिम दिन (शुक्रबार) ७० हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आइतबार ७० हजार दुई सय रुपियाँमा कारोबार भएको थियो। यस्तै सोमबार छापावाल सुन प्रतितोला ७० हजार रुपियाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि पछिल्लो समय निरन्तर घट्दै गएको छ। मंगलबार चाँदी प्रतितोला ८ सय २५ रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ८ सय ४५ रुपियाँमा कारोबार भएको थियो। आइतबार भने चाँदी प्रतितोला ८ सय ४५ रुपियाँमा नै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्