सभामुखमाथिको आरोप निष्पक्ष छानबिन होस्



सभामुख कृष्णबहादुर महराको हर्कतले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ। एक महिलाले जबर्जस्ती करणी गरेको भन्ने आरोप बाहिर आएपछि अनुसन्धानका लागि पनि महराले सभामुख पदबाट अलग रही घटनाको छानबिनमा सघाउनुपर्छ।

सरकारले यस्ता कैयौं घटनाहरूको सबुत लुकाएर अभियुक्तलाई हिरो बनाउने काम बन्द गर्नै पर्छ। सभामुख जति नै शक्तिशाली किन नहुन्, उनीमाथि उचित छानबिन गर्ने जिम्मा सरकारको हो।

यदि यस घटनामा पनि सरकार चुक्यो भने जनताको सरकारप्रतिको आशा अपेक्षा सबै गुम्नेछ।यो घटनाले सबैलाई स्तब्ध बनाएको छ।

घटनाले कानुनी र संसदीय सर्वोच्चतामाथि आँच पुगेको छ, प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ। पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निराशा पैदा भएको छ।

सरकारले पछिल्ला ठूला काण्डहरू जस्तै– निर्मला पन्त बलात्कार काण्ड, पुडासैनी मृत्यु प्रकरण, अख्तियार आयुक्तको भ्रष्टाचार लगायतका काण्डहरूमा कुनै त्यस्ता कठोर निर्णयहरू गर्न सकेको छैन। त्यसैले यस घटना पनि यस्तै त हुने होइन ?

– वीरेन्द्र सापकोटा,
पानीपोखरी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्