भिडियोमा जवानीका कुरा



सञ्चारकर्मी, मोडल एवं गायिका सरिता भारतीको गीत मेरो जवानी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। आधा दशकदेखि विभिन्न स्टेज कार्यक्रममा अरूको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डेड गीत हो।

लोक पप शैलीको यो गीत डान्सिङ आइटम नम्बर बनेको छ। गीतको म्युजिक भिडियोमा बेली डान्सर बिनु शाक्यले नृत्य गरेकी छिन्।

उनीसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीले पनि नृत्य गरेको भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारी पुरुष मोडलका रूपमा छन् भने भिडियोमा गायिका सरिता आफै पनि मोडलको रूपमा छिन्।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माइकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका छन्। उनले फ्रि स्टाइलको डान्स प्रस्तुत गरको भिडियोका छायांकन रामशरण उप्रेतीले गरेका छन् भने प्रदीप कँडेलले सम्पादन गरेका छन्।

ब्युटी न्युज नेपालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोको निर्देशन पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षेत्रीले गरेका छन्।

गीतमा डब्बु क्षेत्रीकै शब्द र जुगल डंगोलको संगीत रहेको छ। गीत र भिडियो विलक्षण क्रियसनले निर्माण र उत्पादन गरेको हो।

प्रतिक्रिया दिनुहोस्