डीएभीमा संघदान



‘संघलाई दान दिनुभयो भने भवचक्रबाट सत्मार्गमा हिँडेकोलाई सबैभन्दा ठूलो दान भन्दछन्। यसैकारण हामीले संघदान गरेका हौं।’ –डीएभी सुशील केडिया विश्व भारती स्कुलका सञ्चालक समितिका अध्यक्ष अनिल केडियाले आफ्नो स्कुलमा आयोजना गरिएको संघदानका बारेमा जानकारी दिँदै भन्नुभयो।

आइतबार देशका करिब १० महशाविहारका भन्ते, गुरुमा, अनागारिका, श्रमनेर र महाविहारमा बोधिज्ञान प्राप्त गर्न बस्दै आएका २ सय ५० जनालाई संघदान गरिएको थियो।

विश्वशान्ति विहारका भिक्षु सिलभद्र महास्थविर, भिक्षु निग्रोध र भिक्षु बोधिज्ञानको विशेष उपस्थितिमा करिब ४ घण्टा धम्य देशना दिएका थिए।

हामीले भन्ने गरेका बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणं गच्छामी, संघम् शरणं गच्छामीको भावनालाई विश्वव्यापीकरण बनाउन कार्यक्रमको आयोजना गरिएको हो।

धम्य देशना सुन्दा आफूभित्रको असल तत्वलाई सिल, समाधी र प्रज्ञा, सत्मार्ग, आर्य र सत्आर्यमा हिँडाउने व्यक्ति सन्त हो। सन्त व्यक्तिले कहिले पनि धनमा लोभ गर्दैन, त्यसैले धनमा लोभ नगर्ने र कहिले पनि दुःख नपाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

डीएभीका अध्यक्ष केडियाले लगातार ८ वर्षदेखि संघदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो। धम्य देशना सुन्न विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न विहारका प्रमुखलगायत करिब ६ सय जनाको सहभागिता रहेको थियो। संघदानमा ४ जनाभन्दा बढीको भिक्षु समूहलाई दान दिने बुझिन्छ।

स्कुलले संस्थापक स्वर्गीय सुशील केडियाको जन्मोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ। भगवान् बुद्धको ज्ञानको प्रवाह गर्दै हिँड्ने भिक्षुले आफूले कहिले पनि घर गृहस्थीको परिकल्पना गरेका हँुदैनन्।

धन संकलन गर्ने कुनै पनि मनसाय हुँदैन, केबल विहारमा बस्ने र ध्यान गर्ने स्वभाव भएका उनीहरूलाई चिवर दान गर्ने गरिएको छ।

धम्य दान, सम्व दान, धर्म दान नै मावनको कर्म भएकाले हामीले यसको कार्यक्रम आयोजना गरेका हौं।’ –अध्यक्ष केडियाको भनाइ थियो।

दानमा चिवर, खानेकुरा, चप्पल, सललगायतका दान दिइएको थियो। करिब २ सय ५० भन्ते, भिक्षुलगायतको उपस्थिति रहेको कार्यक्रममा भिक्षुलगायतलाई चिवरलगायत दान दिइएको थियो।

‘धर्मबिना मनुष्य जीवन पशु समान हुने भएकाले धर्म गर्न सक्ने र जन्म जन्मान्तरसम्म कुनै दुःख नपाओस् भन्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्ने गरेका हौं।’ –केडियाले भन्नुभयो।

विद्यार्थीलाई असल शिक्षा, सुसंस्कृति र सही मानव बनाउने विद्यालयले बुद्धको शिक्षा दिने गरेको विद्यालयको भनाइ छ। ‘धन सञ्चय गर्यो भने घमण्ड बढ्छ, घमण्डले मानिसलाई कहिल्यै पनि सुखी बनाउँदैन।

त्यसैले सुखी जीवनयापन गर्नकै लागि यस्तो कार्यक्रम आयोजना गरेका हौं।’ –केडिया भन्नुहुन्छ।समृद्ध नेपालले मात्र मानवजाति सुखी हुन सक्दैनन्, आत्माले निर्माणको मुक्ति प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमम आयोजना गरिएको हो।

धम्यदेशना सुन्न केडिया परिवार, शिक्षक, शिक्षिका, प्रज्ञा साधक साधिकालगायका उपस्थिति रहेको थियो। विशेष गरी सबैको आत्माले मुक्ति पाउन सकोस् भन्ने मुख्य उद्देश्यले संघदान कार्यक्रम आयोजना गरिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्