नेपाल इभेस्टमेन्ट बैंकको आफ्नै पेमेन्ट गेटवे



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल इभेस्टमेन्ट बैंकले डेबिड, क्रेडिट भिसा कार्ड वाहक ग्राहकका लागि सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने आफ्नै पेमेन्ट गेटवे शुरु गरेको छ।
यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।
प्रयोगकर्ताका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिबाट कारोबारका डाटा सुरक्षित बनाइएको छ।
अब व्यापारीले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्न सक्छन् भने कार्डवाहकहरूले ई–कर्मस साइटबाट सातै दिन २४सै घण्टा सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्छन्।
बैंकले सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेतामा लागू हुने गरी अनलाइन कारोबारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर घोषणा गरेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्