महासंघको चियापान सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत ११४० तथा छठ पर्व–२०७६ को उपलक्ष्यमा महासंघ सचिवालय अनामनगरमा सोमबार चियापान समारोह आयोजना गर्यो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डाक्टर रामशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, दीपक गिरीलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै विभिन्न मन्त्रालयका सचिवसहित अन्य उच्च पदस्थ कर्मचारी, व्यापारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, कानून व्यवसायी, सुरक्षाकर्मीलगायतको पनि सहभागिता रहेको थियो।
सहभागी सबैले एक आपसमा शुभकामना साटासाट गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष मिलेर जानु पर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्