एमसीसी कार्यक्रम कार्यान्वयन सम्झौता



काठमाडौं, (नेस)नेपाल र अमेरिकाबीच मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका सम्झौता भएको छ।सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन्।
यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० अर्ब नेपाली रुपैयाँ) दिनेछ। यो कार्यक्रम नेपालले सन् २०२० को जुन ३० बाट कार्यान्वयन गर्नैपर्नेछ।मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत नेपालमा भरपर्दो विद्युतको उपलब्धता र सडक सुधार लगायतका काम हुनेछन्।

प्रतिक्रिया दिनुहोस्