हिमस्टारको ‘अजबको गजब’ दशंै र तिहार योजना सार्वजनिक



काठमाडौं, (नेस)। गोल्छा अर्गनाइजेसनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित अजबको गजब योजना सार्वजनिक गरेको छ।
यो अफर अन्तर्गत ग्राहकले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ। ग्राहकले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली ,ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन्।

हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरीय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेस उपलब्ध गराउँदै आएको छ। हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरूमाझ विश्वाशीलो ब्राण्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरूलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ।

योजना सीमित अवधिका लागी मात्र उपलब्ध हुनेछ। चाँडै गर्नुहोस उत्कृष्ट ब्रान्डको होम अप्लाएन्सका साथमा हात खाली नजाने यो योजनामा सहभागी हुनुहोस्।

प्रतिक्रिया दिनुहोस्