खेलाडी सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।नेपाली कांगे्रस, शिवपुरी (नुवाकोट), काठमाडौं सम्पर्क समितिले आफ्ना पदक विजेता खेलाडीलाई सोमबार सम्मान गरेको छ।
विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा रेस्लर कमल तामाङ, क्योकुसिन कराँतेका प्रदीप थापा, साम्बोका रविन्स तामाङ, गोजुरियो कराँतेका विपुन थापा, साम्बोका असित तामाङ, फेन्सिङका सागर थापा र मन्दिरा थापा, गोजुरियो कराँतेका सञ्जय तामाङ तथा साम्बोका प्रदीप पाण्डे सम्मानित भए।

सोही अवसरमा एसईई–२०७५ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल अञ्जु लामा, प्रयन्त लामा, जेहेन्ता पाण्डे, मञ्जिला पाण्डे, अभिषेक आचार्य र श्रवणकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्