नेप्सेमा १० अंकको वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं।केही दिनदेखि आरोलो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार अचानक दोहोरो अंकको वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक १० दशमलव ४२ अंकलले बढेर १्१३५ दशमलव ५६ बिन्दुमा पुगेको छ।
कुल १५७ कम्पनीको ६ लाख ३३ हजार कित्ता शेयर १६ करोड ८८ लाख रुपियाँमा कारोबार भएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढेको भए पनि कारोबार रकम भने सुधार हुन सकेको छैन। सोमबारको कारोबार रकम न्यून रहेको छ। विगतमा दैनिक एक अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने गरेको थियो।

सोमबार कारोबारमा आएका जम्मा ११ उपसमूहमध्ये अन्य उपसमूह ६ दशमलव ८२ अंकले घट्ने बाहेक सबै उपसमूहमा वृद्धि भएको छ। यस दिन बैंकिङ उपसमूह ९ दशमलव ८१, होटल उपसमूह ४९ दशमलव शून्य २, विकास बैंक उपसमूह ९ दशमलव ८९, जलविद्युत् उपसमूह २० दशमलव १८, वित्त उपसमूह ३ दशमलव १७, निर्जीवन बीमा उपसमूह ६६ दशमलव ४९, उत्पादन उपसमूह ३८ दशमलव ८९, लघुवित्त उपसमूह १०, जीवन बीमा उपसमूह ७१ दशमलव ८६ र सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव शून्य १ बिन्दुले बढेका छन्।

 त्यस्तै कारोबार रकमका आधारमा यस दिन सनराइज बैंक शीर्ष स्थानमा छ। सो बैंकको २ करोड १३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस्तै प्रभु बैंकको १ करोड ३१ लाख, नेपाल बैंकको एक करोड १८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

सोमबार युनियन हाइड्रोपावर ५ दशमलव ८८, साञ्जेन जलविद्युत् कम्पनी ५ दशमलव ५२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५ दशमलव ४४, युनाइटेड फाइनान्स ५ दशमलव २० कार दरले लगानीकर्ताले कमाएका छन्।
समग्र परिसूचक बढेको दिन माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ७०, आँखुखोला जलविद्युत् कम्पनी ३ दशमलव ६३, सानिमा बैंक ३ दशमलव ६२ प्रतिशतले गुमाएका छन्। सोमबार सेन्सेटिभ परिसूचक समेत शून्य दशमलव ६८ बिन्दुले बढेर २४७ दशमलव शून्य २ बिन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्