गाई मारेर फरार रहेका अभियुक्त पक्राउ



नेपाल समाचारपत्र, पर्वत।पर्वतको बिहादी गाउँपालिकामा गाई मारेको अभियोग लागेका फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।
पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङ घरभै बिहादी गाउँपालिका–१ बाच्छामा बस्दै आएका कुमार बिन्दास भन्ने विजय नेपालीलाई पोखराको शहीदचोकबाट पक्राउ गरेको हो।

नेपालीले गएको जेठ २७ गते बिहादी गाउँपालिका–१ बाच्छाका गम्भीरसिंह गुरुङको गोठमा बाँधीराखेको गाईलाई घरेलु हतियार प्रयोग गरेर बध गरेपछि स्थानीयले देखेपछि भागेका थिए।

उनका विरुद्ध पर्वत जिल्ला अदालतमा पशु सम्बन्धी कसूरमा मुद्दा चलेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखराको शहीदचोकमा सडकमा हिँडिरहेको अवस्थामा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

फरार प्रतिबादी नेपालीलाई पर्वत जिल्ला अदालतले २ लाख धरौटी माग गरेकोमा धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षको लागि कारागार चलान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्