दशैं लक्षित यात्रु सहायता कक्ष सञ्चालन



नेपाल समाचारपत्र, वीरगन्ज।वीरगन्जमा नेपालीको महान पर्व दशैंसहितका ठूला पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला घर फर्कने यात्रुको सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकोले त्यसको रोकथामका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा रोट्रयाक्ट क्लबले बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको हो।

यात्रु सहायता कक्षमा प्रहरीको ड्युटी रहने तथा यात्रुले कुनै पनि गुनासो, उजुरी, यात्रा गर्दा असुरक्षित र असहज भए, यातायात व्यावसायीले तोकेको भन्दा बढी भाडा लिए, यात्रु सहायता कक्षमा आएर उजुरी गर्न सकिने ट्राफिक हबल्दार दिनेश कुशवाहाले बताउनुभयो।

यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुहरूलाई यात्रा क्रममा सहजता हुने प्रहरीको विश्वास छ। यात्रु सहायता कक्ष दशैंसहित तिहार र छठ पर्वसम्म सञ्चालनमा आउने छ।

प्रतिक्रिया दिनुहोस्