बजाजको ग्रान्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा



नेपाल समाचारपत्र, काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज ग्रान्ड एक्सचेन्ज मेला ल्याएको छ।

असोज १२ गतेदेखि शुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ र ग्राहकले भृकुटीमण्डपमा गएरे कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर बजाजको नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नेछन्। 
कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपियाँसम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार प्रदान गर्नेछ। ग्राहकहरूले नयाँ बजाज मोटरसाइकलको खरिदमा निःशुल्क हेल्मेट, बाइक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन्।
बजाजको ग्रान्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि सञ्चालन भइरहेको छ र ग्राहकहरूले हरेक टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन्।

ग्राहकले यो बजाजको ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गरेर अधिक मुल्याकंन, अझ बढी खुशी र लाभ उठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्