अनुश्का भारतकी शक्तिशाली महिला !



बलिउ अभिनेतृ अनुश्का शर्मा फर्चुन इन्डिया–२०१९ को ५० शक्तिशाली भारतीय महिलाको सूचीमा परेकी छिन्। सन् २००८ मा रब ने बना दी जोडी फिल्ममार्फत बलिउडमा डेब्यु गरेकी अनुश्का यस सूचीको ३९औं नम्बरमा परेकी छिन्।

यस सूचीमा सामेल हुने महिलामा अनुश्काको उमेर सबैभन्दा कम रहेको छ। फच्र्युन इन्डियाले अनुश्काका बारेमा लेखेको छ– ‘शर्मा आफ्नो क्लोथिङ लाइन नुससहित निभिया, लभी जस्ता ब्रान्डका लागि सहकार्य गर्छिन्।

उनले क्लिन स्लेट नामक फिल्म निर्माण तथा वितरण कम्पनी त्यति बेला खोलेकी थिइन्। जुन बेला उनी केवल २५ वर्षकी थिइन्। जसबाट उनले एनएच १०, फिल्लौरी परी जस्ता कम बजेटका हिन्दी फिल्म निर्माण गरिन्।

ती फिल्मले बक्स अफिसमा ४० करोडसम्मको व्यापार गर्यो। बलिउडभन्दा पर गएर क्लिन सेटले फिचर फिल्म बुलबुल तथा वेब सिरिज माई निर्माणका लागि समेत यसले सम्झौता गरेको छ।’

फच्र्युन इन्डियाले भारतका सबैभन्दा शक्तिशाली महिलाको सूची उनीहरूको व्यापार कौशल तथा उनीहरूको सामाजिक तथा सांस्कृतिक प्रभावका आधारमा छनोट गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्