दशैंको पूर्वसन्ध्यामा सांगीतिक रौनक



दोलखा, (नेस)। निरन्तरको झरी र लामोसाँगु जिरी सडकको दुरावस्थाले चरिकोटमा दशैंको रौनक देखिँदैन कि भन्ने आशंकाकै बीच कलाकर्मी तथा संगीतकर्मीले सांगीतिक रौनकसँगै दशैंको सुखद शुभारम्भ गरिदिएका छन्।

संगीतकार चेतन सापकोटा, गायक पवन गिरी जस्ता संगीतकर्मीको प्रस्तुति र दोलखामा रहेका थामी, सुनुवार, शेर्पा, तमाङ, नेवार जातिको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले चरिकोटको माहोल तताएको थियो।

दोलखा डान्स क्र्युले आयोजना गरेको सांगीतिक प्रस्तुतिले चरिकोटमा रमाइलो माहोल बनाएको थियो। सांगीतिक माहोलकै लागि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल दोलखाले चरिकोटमा दोलखा लोक तारा–२०७६ को अडिसन शुरू गरेको छ।

प्रतियोगिताको पहिलो अडिसनमा सहभागी ४२ मध्ये २७ जना छनोट गरिएकोे कार्यक्रम संयोजक राजु श्रेष्ठले बताए। अडिसनको शुभारम्भ भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्