२ करोड बढिको लागतमा खानेपानी योजना



सलिम अन्सारी, प्युठान ।

प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा करोडौंको लागतमा खानेपानी योजना शुरु भएको छ । लिफ्ट प्रबिधी मार्फत एक वर्ष भित्रै गाउमा खानेपानी ल्याउने लक्षयका साथ काम अघि बढेको छ ।

चौविसै घण्टा खानेपानी सुबिधा पुर्याउने गरि कुल २ करोड ५७ लाखको लागतमा बोलपत्र सदर गरि यसै चालू आर्थिक बर्षको असार मसान्तसम्म काम सक्ने गरी गाउपालिका र जोसि ,आशु इसान निर्माण सेवाबिच संझौता भएको गाउपालिकाले बताएको छ। ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले एक बर्ष्भित्रै झिमरुकको पानी ‘लिफ्ट’ प्रणालीबाट तानेर गाउँमा पुर्याइने बताउनुभयो ।

योजना सकिएपछी ऐरावतिको बिजुलिकोट सहित यस आसपासका बरमपोखरा सेकेथुम कोटसेरा, च्युरापानी ओखल्ढुङा ,धाइरेचौर मडाई,थानटोला,थाम नयाँगाउँ लगायतका १ हजार ५ सय उपभोक्तालाई फाईदा पुग्ने छ।

प्राबिधिकको स्टिमेट बिनै जथाभावी खनिएका सडकले खानेपानीको मुल सुकेपछि लिफ्ट प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ । अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन् ।

सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ ।गाउँभन्दा माथि खानेपानी मुहान नभएपछि लिफ्ट प्रविधि प्रयोग गर्न लागिएको उहाँको भनाइ छ ।

“बर्षौं देखि खानेपानीको समस्या झेलेका गाउँबासीमा खुसि छाएको छ’ उपाध्यक्ष बस्नेतले भन्नुभयो,’ पानीकै कारण पशुपालन, कृषि उत्पादन घटदो छ । बसाइँसराइ पनि रोकिएको छैन । ‘५ वर्ष्भित्रमा पालिकाका सबै बस्तीमा खानेपानीको पहुँच पुर्याउने नीति अनुसार काम गर्दै छौं,’ उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘त्यसमा प्रदेश र संघीय सरकारबाट पनि राम्रो सहयोग पाएका छौ ।’

८ सय ५० मिटर तल रहेको झिमरुक खोलाबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घर÷घरमा वितरण गरिने छ । पानी संकलनका लागी २० घनमिटर क्षमताका रिजर्व ट्याकी ४ ठाउँमा निर्माण गरि घर घरमा खानेपानी वितरण गरिने सव इन्जिनियर प्रजापती ज्ञवालिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्