वित्तीय संस्थाहरु मात्रात्मक भन्दा गुणात्मक सेवामा जानुपर्छ : अर्थमन्त्री खतिवडा



????????????????????????????????????

मोतीराम तिमल्सिना, काभ्रे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरु मुनाफा कमाउन खोलिने भए पनि निश्चित नाफालाई ब्यवस्थित गर्दै गरिवीको रेखामुनीका नागरिक मध्यम भए सँगै उदेश्य बदल्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय पनौती ४ ठाडोबाटोमा उद्घाटन गर्दै मन्त्री खतिवडाले नेपालमा १०/११ लाख परिवार गरिवको रेखामुनी रहेकाले लघुवित्त संस्थाहरु मार्फत गरिवी भन्दा माथी ल्याउने गरी लगानी गर्न अनुरोध गर्नु भयो । हरेक वर्ष १ प्रतिशत गरिवि निवारण लघुवित्त संस्थाहरुकै माध्यमबाट घट्दै गएको बताउँदै उहाँले गरिव लक्षित कार्यक्रम मार्फत गरिवी न्यूनिकरण गर्नु पर्ने बताउनु भयो । ‘स्थानीय तहमा वित्तीय संयन्त्र परिचालन गर्ने ऐन बन्दै छ’–अर्थमन्त्री खतिवडाले भन्नुभयो–‘केहि करमा भएका समस्याहरुलाई समाधानका लागि तत्काल केहि ऐनहरु निर्माण हुँदैछन् ।’

२५ करोड कुल पुँजी रहेका उक्त वित्तीय संस्थाले पहिलो चरणमा १० जिल्लामा १६ शाखा खोल्ने घोषणा गरेको छ । अध्यक्ष बाबुराम थापाले नेपालका सबै जिल्लाहरुमा रहेका गरिव ब्यक्तिहरुका लागि अभियान लघुवित्त संस्था सहयोगि बन्ने बताउनु भयो । अर्थमन्त्री खतिवडाले सामुदायिक बनमा लगाईएको तेहोरो करका विषयमा सम्बोधन भएको र ऐन निर्माणका चरणमा रहेकाले आवश्यक सुझावहरु दिन सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुलाई सुझाव दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ उपभोता समुहहरुलाई देशभर लगाईएको तेहोरो करको विरोधमा छ ।

सोहि कार्यक्रम अन्र्तगत जिल्ला महासंघले मन्त्री खतिवडाको सामुन्ने करको विरोधमा ब्यानर राखेको थियो । सोहि ब्यानरमा करको विरोध गरेको देखेपछि मन्त्री खतिवडाले सम्बोधन गर्नु भएको थियो ।

‘वित्तीय संस्थाहरु मात्रात्मक भन्दा गुणात्मक सेवामा जानु पर्छ’–मन्त्री खतिवडाले भन्नुभयो–‘कार्यशैली, संगठन संरचना, वित्तीय उपकरण, प्रविधिको प्रयोगमा ध्यान दिनु जरुरी छ ।’ ठुला बैक र वित्तीय संस्थाले ठुलो र धितोमा कारोवार गरे पनि घर घर पुग्न नसकेकाले वित्तीय संस्थाहरुले उनिहरुले गर्न नसकेको काम गर्नु पर्नेमा मन्त्री बास्कोटाले जोड दिनु भयो ।

१९९४ देखि २०७४ सम्म नेपालमा साढे ५ हजार वित्तीय संस्था रहेकोमा दुई वर्षको बीचमा ८ हजार ८ सय ५० वटा पुुगेको बताउँदै मन्त्री खतिवडाले आगामी पुष भित्र सबै स्थानीय तहमा बैक पुगिसक्ने बताउनु भयो । विमा सेवा २५ प्रतिशतले बृद्धी भएको र रकम संकलन ५५ प्रतितशले बढेको उहाँले बताउनु भयो । आर्थिक कृयाकलापमा संकुचन नआएको बताउँदै मन्त्री खतिवडाले संवैधानिक र कानुनी जटिलता अन्त्य हुँदै गएकाले सबैको ध्यान विकास तफै सोझिएको बताउनु भयो ।

कार्यक्रममा पुर्व मन्त्री हरि पराजुली, बैकका कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटा लगायतले अभियान लघुवित्त बित्तीय संस्थाले सर्वसाधारणलाई दिने सेवा गुणस्तर हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्