‘नेप्सेले ल्याएको अनलाइन सिस्टम प्रभावकारी भएन’



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाल स्टक एक्सचेन्ज नेप्सेले ल्याएको अनलाइन सिस्टम प्रभावकारी नदेखिएको बताउनुभयो ।

धितोपत्र बोर्डले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्कीले नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तराष्ट्रियस्तरको हुन नसकेको समेत बताउनुभयो ।

अनलाइन सिस्टममा समस्या नै समस्या आइरहेको भन्दै उहाँले अन्तराष्ट्रिय स्तरको भएको भए समस्या नै नआउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले आफूले शेयर बजारमा देखिएको समस्या समाधान गर्नको लागि नेप्सेमा हुँदा पहिलो चरणको काम गरेको र दोस्रो चरणको काम भने बोर्डमा आएर गरेको बताउनुभयो ।

बोर्डले तयार पारेको इन्साइडर टे«डिङ कार्यविधिलाई बोर्डले स्विकृती दिएर मन्त्रालयमा पठाउने तयारीमा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्