अटो एभले १०औं वार्षिकोत्सव मनायो



सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १०औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा आयोजित कार्यक्रममा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकलाई सम्मान गरिएको छ।

सो अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर व्यवसाय देशभर फैलियोस् भन्ने कामना गर्नुभयो ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराललगायतले शुभकामना प्रदान गर्नुभयो।

सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आप्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउँदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीलाई जाने बताउनुभयो।

अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरूको साथ सहयोगले नै १०औं वार्षिकोत्सव मनाउन सफल भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्