प्रहरीमा ३५ सय दरबन्दी थपियो



काठमाडौं, (नेस)।सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो।

सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ। सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ।

थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २ सय ९७ प्रहरी सहायक निरीक्षक, ६ सय ८३ प्रहरी हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी रहेका छन्।

प्रशासनतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद ४ पुगेको छ। एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा भएपछि रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकाश पाएपछि रिक्त एकसमेत गरी चार पद खाली हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्