पूर्व प्रेमीलाई सम्झेर रुँदा घट्छ तौल



अनुसन्धानकर्ताका अनुसार एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्दछन् । भावनात्मक रुवाईले तौल घटाउन सहयोग गर्छ भन्दा तपाईहरुलाई विश्वास नलाग्न सक्छ । कहिलेकाँही मानिसहरु विभिन्न बाभाँ, पीडा भोग्दा पनि आफ्नो भावनालाई दबाउन खोज्छन् । आँसु झार्दा तौल घट्छ भन्दा अचम्म लाग्न सक्छ । सबै मानिसको एउटै प्रकारको बानि हुदैन ।मिानिसहरु पीडा वा दु:ख परेको बेला झने तौल बढेको हामीले देख्न सक्छौ । कसैले मन तोडेका बेला तपाईंलाई तनाव हुन्छ र धेरै खानुहुन्छ । कैही समय पछि तपाईलाई आफ्नो तौल बढेको महसुस हुन्छ ।

यस्तो कि हून्छ त ? के मानिस दुखी भएमा उसको तौल बढ्छ ? यस्ता विभिन्न प्रकारका प्रश्नहरु सबैको मनमा उब्जिएको होला । हो , हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको श्राव हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ । यो हर्मोनले तनावसँग जुध्न सहयोग गर्छ । आजकाल मानिसहरु जीवनयापनका लागि शारिरिक क्रियाकलाप गर्दैनन् । तनावमा हुँदा र रिस उठेका बेला काम गनृ भन्दा पनि बसिराख्न रुचाउँछन् । त्यसकारण हाम्रो शरीरले तनाव कम गर्ने केही क्यालोरीको उपयोग गरिसकेको ठान्छ । यद्यपी, त्यसको प्रयोग नभएको पनि हुनसक्छ ।

यसैबीच, वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन (एसिटीएच) भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ । त्यसैले हामीले आफ्ना भावनालाई नदबाइ मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्दछ ।

कार्टिसोल हर्मोनलाई कसरी कम गर्ने भन्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो । तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ । अर्काे कुरा तपाइलाई रुन मन नलागेको अवस्थामा विभिन्न तरिका अपनाएर आँसु बबगाउन खोज्दै हुनुहुन्छ भने यो मूर्खता मात्र हुनेछ । वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको श्राव हुन्छ ।

वैज्ञानिकले जानकारी गराए अनुसार रुने सबैभन्दा राम्रो समय भनेको बेलुका ७ देखि १० बजेसम्म हो । किनकी, यो समयमा मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् । त्यसकारण यदि कसैको सम्बन्ध टुटेको छ, मायामा धोका पाएका छौ र जीवनको निकै कठिन अवस्थामा छौ भने त्यसलाई बाहिर निस्कन दिनुपर्छ । मन खोलेर रुदा तौल मात्र नभई दिमाग पनि फे्रस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्