चिहानबाटै चोरी भएको थियो चार्ली च्याप्लिनको शव



विश्व चर्चीत हाँस्य कलाकार चार्ली च्याप्लिनको जीवन अनौठो कथाले भरिएको छ । हाँस्य क्षेत्रका बादशाह चार्लीको जीवनी बारे अहिले उनकै नाती कारमेनले डक्यूमेन्ट्री पनि बनाईरहेका छन् । ‘चार्ली च्याप्लिन, ए मैन अफ द वल्र्ड’ नाम दिइएको उक्त डकुमेन्ट्री आगामी वर्ष सार्वजनिक हुनेछ । जसमा चार्ली च्याप्लिनको जीवनबारे लुकेका धेरै कुराहरु देखाईनेछ ।

मानिसहरु चार्ली च्याप्लिनको हाँस्य जीवनलाई त चिन्दछन् तर उनका अन्तरंग जीवनबारे अनविज्ञ छन् । चार्लीका जीवनबारे अनौठा लुकेका कुरा आज हामी तपाईलाई बताउँदै छौं ।

चिहानबाटै शव चोरी

फिल्मी दुनियामा चार्ली च्याप्लिन एक अमर नाम हो । चार्लीको जन्म १६ अप्रिल, १९८९ मा लण्डनमा भएको थियो । चार्लीको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिसमसको दिन भएको थियो ।

अनौठो कुरा च्याप्लिनको मृत्यु भएको तीन महिनापश्चात चिहानबाट उनको शव चोरी भएको थियो । केहि चोरले उनको परिवारबाट पैसा असुल्नको लागि शव चोरेका थिए ।

अमेरिकाको प्रतिबन्धका बीच ओस्कार अर्वाड

चार्लीलाई कम्युनिष्ट विचारबाट प्रभावित भएको भन्दै अमेरिकाले उनको फिल्मलाई प्रतिबन्ध लगाएको थियो । अमेरिकाले प्रतिबन्ध लगाएपनि चार्लीलाई सन् १९७३ मा ओस्कार अर्वाड प्राप्त भएको थियो ।

सन् १९४० मा चार्ली च्याप्लिनले हिटलरमाथि ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गर्दै उनको मजाक उडाएका थिए । चार्ली च्याप्लिनको सन् १९७३ मा ‘लाईम–लाइट’ बेस्ट म्यूजिकको लागि ओस्कार अर्वाड मिलेको थियो । २१ वर्ष पहिला निर्माण भएको फिल्मलाई अमेरिकामा भने प्रदर्शन हुन दिएको थिएन् । तरपनि पछि फिल्मलाई ओस्कारको लागि नामांकन गरिएको थियो ।

सन् १९७५ मा महारानी एलिजाबेथ द्धितीयले चार्ली चैपलिनलाई नाइटको उपाधी दिएकी थिइन् ।

कष्टकर बाल्यकाल

चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखमा बित्यो । उनको परिवार असाध्यै गरिबिमा थियो । बेमतलबी तथा जड्याहा बाबुको कारण उनको परिवार पुरै बिजोगको अवस्थामा पुगेको थियो । घरायासी कारण चार्ली च्याप्लिन पागलपनको शिकारसमेत भएका थिए । जसको कारण उनलाई ७ वर्षको उमेरमा नै आश्रम पठाउनु परेको थियो ।

स्कुलमा पढाई छुटेसँगै चार्ली १३ सालको उमेरमा नै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । नाँचको साथ साथै च्याप्लिने स्टेज प्लेमा पनि हिस्सा लिने गरेका थिए ।

अमेरिकी फिल्मी स्टूडियोबाट चम्कियो जीवन

चैम्पीनयले कलाकारीको सुरुवाती समयमा निकै कष्ट भोगे । उनी स्टेजमा हुने जस्तोसुकै कार्यक्रममा पनि सहभागी हुन्थे । लामो समयको स्टेज कार्यक्रम पछि च्याप्लिनले अमेरिकी फिल्म स्टूडियोमा काम गर्ने अवसर पाएका थिए ।

अमेरिकी फिल्म स्टूडियोमा जोडिएसँगै च्याप्लिन विश्व भरका चर्चीत फिल्मी वादशाहको रुपमा प्रख्यात भए । हाँस्यका बादशाह चार्लीको लागि ओस्कार समारोहमा उपस्थिति दर्शकले १२ मिनेटसम्म खडा भएर तालि बजाएका थिए । यो ओस्कारको इतिहासमै सबैभन्दा अनौठो घटना मानिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्