सिप्रदीले ल्यायो फ्रान्सेली टायर



काठमाडौं, (नेस)।सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।

मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादनहरू सार्वजनिक गर्नुभयो।

सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायरहरू एक सय सत्तरी देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ वटा उत्पादन केन्द्रहरू रहेका छन्।

नवीनता तथा दिगो विकासको नेतृत्वकर्ता मिसेलिनको तीनवटा उत्पादन रेन्ज (कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेन्टहरू) नेपाली बजारमा उपलब्ध छ

। सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो। त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकता अनुसारका टायर आपूर्ति गर्न नेपाली सडकमा व्यापक र गहन अध्ययन गरिरहेको छ।

अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरका साथमा उपभोक्ताले सुरक्षित र प्राविधिक अत्याधुनिक टायर अनुभव गर्न सक्छन्।

सो कार्यक्रममा बोल्दै मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पीले भन्नुभयो–‘सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायर सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको बिस्तार गर्न पाएर हामी एकदम खुशी छौं।

मिसेलिनका उत्पादनले एकदम राम्रो प्रतिक्रिया पाइरहेका छन्। त्यसैलै हामीले यहाँको लागि भनेर हाम्रो विज्ञ टोलीले गरेको विस्तृत अध्ययनपश्चात् तीनवटा फरक सेग्मेन्टहरूअन्तर्गत सार्वजनिक गरेका छौं।

मिसेलिनका टायरहरू टिकाउ हुनुका साथै मिसेलिनले हवाईजहाज, अटोमोबाइल्स, साइकल, अर्थमुभर, कृषि उत्पादनका लागि प्रयोग हुने गाडीहरू, हेभी ड्युटी ट्रकहरू र मोटरसाइकलहरूका जस्ता हरेकखाले यातायातका साधनहरूका लागि हुने टायरहरू डिजाइन गर्ने र उत्पादन तथा बिक्री गर्ने गर्छ।’

मिसेलिनको आधिकारिक ब्रान्ड लोगोका साथै मिसेलिनका उत्पादन रेन्जहरू सार्वजनिक गर्दै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–‘सबै सेग्मेन्टहरूमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो लक्ष्यका साथमा विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन टायर्ससँग आफ्नो साझेदारी बिस्तार गर्न पाउँदा हामी हर्षित भएका छौं। नेपालको सडकको अवस्था बुझ्न हामीले केही समय अध्ययन गर्यौं।’

प्रतिक्रिया दिनुहोस्