देश र हिसाब



दीपक खनाल

१. ए देश !
जति रुनुपर्छ रुन्छु मै, तिमी सधैं हाँस
जहाँमर्नुपर्छ मर्छु मै, तिमी सधैं बाँच
कति दुख्नुपर्छ दुख्छु मै, तिमी दुख्दै नदुःख
कहाँझर्नुपर्छ झर्छु मै, तिमी माथि–माथि उठ।
……………………………….
तिमी बने पो बन्छु म, तिमी नबनी कहाँबन्छु र ?
तिमी रहे पो रहन्छु म, तिमी नरही कहाँरहन्छु र ?
जो–जोसित हार्नुपर्छ हार्छु मै, तिमी नहोऊ कैले पराजित
तिम्रो जीत नै मेरो पनि त जित हो नि त !

२. एक–एक सबै हिसाब लेऊ
ओ शिकारी !
चरी हुँम भुर्र–भुर्र उड्न देऊ
ए पोखरी !
नदी हुँम सललल बग्न देऊ
नौनीजस्तै नरम छु, ढुंगा पर सरीदेऊ
फूलजस्तै कोमल छु काँडा आफैं झरीदेऊ।
……………………………………………………
हिउँजस्तै कञ्चन छु मैलाहरू पग्लिदेऊ
बाफझैं पुग्छु माथि सगरमाथा अग्लिदेऊ
फेवाताल हो मेरो मन, गल्लीहरू बाटो देऊ
रक्तबीज हुँनेपालकै खै मेरो माटो लेऊ।
………………………………………………………..
घामभन्दा तेजिलो छु, बादल आफैं पन्छिदेऊ
छहरा र झरना हुँघिन्ताङ मादल घन्किदेऊ
काउसोझैं बिझाइदिन्छु सक्छौ भने मारिदेऊ
कहाँबेच्यौ बलिदान एक–एक सबै हिसाब लेऊ।

प्रतिक्रिया दिनुहोस्