नयाँ बसपार्ककको आकाशेपुल भत्काइदै



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं चक्रपथ सुधार आयोजनाले मापदण्ड विपरित निर्माण भएको नयाँ बसपार्कको आकाशे पुल भत्काउने तयारी गरेको छ। कलंकी-महाराजगञ्‍ज सडक विस्तारको क्रममा रहेको आयोजनाले पुल भत्काउने तयारी गरेको जानकारी दिएको छ।

सडक सिमा मिचेर बनाइएको उक्त आकाशे पुललाई भत्काएर कलंकीदेखि महाराजगञ्ज सम्मको सडक विस्तार गरिने चक्रपथ सुधार आयोजनाको कार्यालयले बताएको छ ।

सडक विभागको स्वामित्वमा रहेको जग्गामा मापदण्ड विपरीत निर्माण भएकोले उक्त आकाशे पुल भत्काउने लागेको चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालले बताए। सडकको जग्गा जर्बजस्ती मिचेर बनाएकोले निर्माण कम्पनीलाई कार्वाही गरिने चेतावनी उनले दिएका छन्। कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ।

आयोजनाले सडकको वरपरका सडक भत्काइसकेको छ। सडक विभागका जग्गामा निर्माण भएका भौतिक संरचनाहरु सबै भत्काइने रिमालले जानकारी दिए। मंसिर पहिलो सातादेखि सडक बिस्तारको लागि निर्माण प्रक्रिया अगाडि बढाइने उनले बताए।

चिनियाँ कम्पनीले उक्त सडकको निर्माण गर्न लागेको छन्। सडक विभागको स्वामित्वमा रहेको जग्गामा व्यापारिक प्रयोजन र सर्वसाधारणलाई बाटो काट्ने सुविधा हुने गरि उक्त पुल २०६७ मा महानगरपालिकासँगको सम्झौतामा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिले निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्