बिहीबार सुनको मुल्य घट्यो



काठमाडौं । नेपाली बजारमा विहीवार सुनचाँदीको मुल्य घटेको छ ।आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विहिवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्