पर्यटकको मृत्यु



पर्वत, (नेस)। उत्तरी मुस्ताङको लोमान्थाङ घुम्न पुगेका एक जना फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित तिरी खेजु डाँडामा बिरामी अबस्थामा फेला परेका जेन मार्क ब्लार्चड (पासर्पोट नम्बर १४एएल७४५९०) को अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बिरामी भएको जानकारी पाएपछि ब्लार्चडलाई उपचारका लागि जोमसोम अस्पतालमा पुर्याइएको थियो। अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।अंन्दाजी ४५ वर्षीय ब्लार्चड हिमालयन एक्सप्लोरेसन ट्रेकमार्फत मुस्ताङ घुम्न पुग्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्