नेपाली कांग्रेसको प्रयास



प्रजातन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको, मुलुकमा भएको ठूल्ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको र अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको संघीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो गुमेको साख फर्काउने प्रयासमा छ ।

कांग्रेसले पछिल्लो समय पार्टीभित्र बढ्दो आन्तरिक कलहलाई व्यवस्थापन गर्दै सरकारका गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।

गुट–उपगुटमा विभाजित कांग्रेसको नेतृत्व तहले आम कार्यकर्ताका गुनासालाई सम्बोधन गर्न केन्द्रीय समिति बैठक पनि विगतको तुलनामा बाक्लो बस्न थालेको छ ।

छिटो–छरितो निर्णय गरी अघि बढ्न नसके पनि केन्द्रीय समितिमा आवश्यक छलफल भने गर्न थालेको छ । यो तीन महिनाको अवधिमा मात्र ३० दिनभन्दा बढी केन्द्रीय समिति बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ ।

जेठमै पहिलो चरणको जागरण अभियानअन्तर्गत एक महिना जिल्ला केन्द्रीय कार्यक्रम गरेको कांग्रेसले जागरण अभियानअन्तर्गत दोस्रो चरणको १५ दिने अभियान पनि सम्पन्न गरिसकेको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित यस अभियानबाट लक्षित उद्देश्य प्राप्त गरेको जनाइएको छ । संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निभाउनुपर्ने भएकाले आन्तरिक गतिविधिमा समय दिन नसकेको भनी नेतृत्ववर्गले तर्क गरे पनि पार्टीलाई समय सान्दर्भिक तरिकाले अघि बढाउन नसक्नु नेतृत्ववर्गको कमजोरी देखिन्छ ।

कांग्रेस यति धेरै कमजोर किन भयो भन्नेबारेमा छलफल गर्दा कांग्रेस नेताहरूको एउटा निष्कर्ष थियो– पछिल्लो समय पार्टीमा महत्वपुर्ण योगदान गरेका व्यक्तिहरू छायाँमा पर्न थाले, गैरराजनीतिक क्षेत्रबाट आएका व्यक्तिहरू पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्म हावी हुन थाले ।

इमानदार जनतामाझमा काम गरिरहेका आदर्श, सिद्धान्त, नीति, नैतिकता र निष्ठामा बसेका व्यक्तिहरूमा क्रमशः निराशा छाउन थाल्यो । पार्टीमा गणेश प्रवृति प्रचूर हावी हुन थाल्यो । नेताहरू यसमै रम्न थाले ।

नेताहरूलाई लामो इतिहास भएको पार्टीको पछाडि जनता स्वतः आकर्षित हुन्छन् भन्ने भ्रम कायमै रह्यो । नेतृत्व तहले चाकडीलाई प्रोत्साहन गर्दा संगठन शिथिल भयो। पार्टीका नीति, विचार, सिद्धान्त र कार्यक्रम जनताको बीचमा कम पुग्न थाल्यो । जबकि आगामी वर्ष कांग्रेस १४औं महाधिवेशनमा होमिनुपर्ने बाध्यता छ ।

१३औं अधिवेशनबाट आएको नेतृत्व झन्डै तीन वर्षसम्म पार्टीको आन्तरिक गतिविधि प्रायः शून्य नै थियो । यस वर्षदेखि कांग्रेस नेतृत्वले आन्तरिक संगठन सुधारमा सक्रियता देखाउँदै देशव्यापी जागरण अभियानमार्फत आम कार्यकर्ता र जनतामाझ पुग्न थालेको छ ।

सरकारका कमजोरीको भण्डाफोर गर्दै जनमत सिर्जना गर्न यो कार्यक्रम केही हदसम्म सफल देखिए पनि आन्तरिकरूपमा पार्टीलाई बलियो बनाउन भने कांग्रेसले गुट–उपगुट त्यागेर एकताबद्ध ढंगले अघि बढ्नुपर्ने देखिन्छ ।

सरकारका क्रियाकलापप्रति आम जनता सशंकित रहेका बेला कांग्रेसले आउँदो स्थानीय निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी पार्टी संरचनालाई सशक्त र चलायमान बनाउने, स्थानीय निर्वाचनमा विवादरहित ढंगले उम्मेदवार उठाउने र प्रदेश तथा केन्द्रीय निर्वाचनमा एकढिक्का भएर अघि बढ्ने हो भने कांग्रेसको गुमेको साख माथि उठ्ने देखिन्छ ।

प्रजातन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको, मुलुकमा भएको ठूल्ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको र अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको संघीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो गुमेको साख फर्काउने प्रयासमा छ ।

कांग्रेसले पछिल्लो समय पार्टीभित्र बढ्दो आन्तरिक कलहलाई व्यवस्थापन गर्दै सरकारका गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिएको छ । गुट–उपगुटमा विभाजित कांग्रेसको नेतृत्व तहले आम कार्यकर्ताका गुनासालाई सम्बोधन गर्न केन्द्रीय समिति बैठक पनि विगतको तुलनामा बाक्लो बस्न थालेको छ ।

छिटो–छरितो निर्णय गरी अघि बढ्न नसके पनि केन्द्रीय समितिमा आवश्यक छलफल भने गर्न थालेको छ । यो तीन महिनाको अवधिमा मात्र ३० दिनभन्दा बढी केन्द्रीय समिति बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ ।

जेठमै पहिलो चरणको जागरण अभियानअन्तर्गत एक महिना जिल्ला केन्द्रीय कार्यक्रम गरेको कांग्रेसले जागरण अभियानअन्तर्गत दोस्रो चरणको १५ दिने अभियान पनि सम्पन्न गरिसकेको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित यस अभियानबाट लक्षित उद्देश्य प्राप्त गरेको जनाइएको छ ।

संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निभाउनुपर्ने भएकाले आन्तरिक गतिविधिमा समय दिन नसकेको भनी नेतृत्ववर्गले तर्क गरे पनि पार्टीलाई समय सान्दर्भिक तरिकाले अघि बढाउन नसक्नु नेतृत्ववर्गको कमजोरी देखिन्छ ।

कांग्रेस यति धेरै कमजोर किन भयो भन्नेबारेमा छलफल गर्दा कांग्रेस नेताहरूको एउटा निष्कर्ष थियो– पछिल्लो समय पार्टीमा महत्वपुर्ण योगदान गरेका व्यक्तिहरू छायाँमा पर्न थाले, गैरराजनीतिक क्षेत्रबाट आएका व्यक्तिहरू पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्म हावी हुन थाले ।

इमानदार जनतामाझमा काम गरिरहेका आदर्श, सिद्धान्त, नीति, नैतिकता र निष्ठामा बसेका व्यक्तिहरूमा क्रमशः निराशा छाउन थाल्यो ।

पार्टीमा गणेश प्रवृति प्रचूर हावी हुन थाल्यो । नेताहरू यसमै रम्न थाले । नेताहरूलाई लामो इतिहास भएको पार्टीको पछाडि जनता स्वतः आकर्षित हुन्छन् भन्ने भ्रम कायमै रह्यो ।

नेतृत्व तहले चाकडीलाई प्रोत्साहन गर्दा संगठन शिथिल भयो। पार्टीका नीति, विचार, सिद्धान्त र कार्यक्रम जनताको बीचमा कम पुग्न थाल्यो ।

जबकि आगामी वर्ष कांग्रेस १४औं महाधिवेशनमा होमिनुपर्ने बाध्यता छ । १३औं अधिवेशनबाट आएको नेतृत्व झन्डै तीन वर्षसम्म पार्टीको आन्तरिक गतिविधि प्रायः शून्य नै थियो ।

यस वर्षदेखि कांग्रेस नेतृत्वले आन्तरिक संगठन सुधारमा सक्रियता देखाउँदै देशव्यापी जागरण अभियानमार्फत आम कार्यकर्ता र जनतामाझ पुग्न थालेको छ ।

सरकारका कमजोरीको भण्डाफोर गर्दै जनमत सिर्जना गर्न यो कार्यक्रम केही हदसम्म सफल देखिए पनि आन्तरिकरूपमा पार्टीलाई बलियो बनाउन भने कांग्रेसले गुट–उपगुट त्यागेर एकताबद्ध ढंगले अघि बढ्नुपर्ने देखिन्छ ।

सरकारका क्रियाकलापप्रति आम जनता सशंकित रहेका बेला कांग्रेसले आउँदो स्थानीय निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी पार्टी संरचनालाई सशक्त र चलायमान बनाउने, स्थानीय निर्वाचनमा विवादरहित ढंगले उम्मेदवार उठाउने र प्रदेश तथा केन्द्रीय निर्वाचनमा एकढिक्का भएर अघि बढ्ने हो भने कांग्रेसको गुमेको साख माथि उठ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्